भारतमा कोरोना भाइरस (कोभिड– १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार नाघेको छ ।
भारतको परिवार एवं केन्द्रीय स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १९ हजार ९ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
कोरोनाका कारण भारतमा ६ सय ४० जनाको ज्यान गएको छ भने स्वास्थ्य मन्त्रालयको वेबसाइटका अनुसार सङ्क्रमितमध्ये तीन हजार आठ सय ६९ जना उपचारपछि निको भएका छन् ।
साथै भारतमा कोरोना परीक्षणका लागि प्रयोग हुने र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट सही नतिजा नआएपछि दुई दिनका लागि आरडीटीबाट गरिने कोरोना परीक्षण रोक्न भनिएको छ ।