काठमाडौं । शुक्रबार थप १ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । नेपालगञ्जका १६ बर्षिया पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
छिल्लो पटक नेपालगञ्जमा थपिएका २२ जना कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका क्रममा उनको नमुना संकलन गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका–८ का उनको ट्राभल हिस्टी छैन ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेकोछ । अहिलेसम्म संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला रहेका छन् ।
अहिले रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रवक्ता देवकोटाले बताए ।