• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुग्यो

img

काठमाडौँ । नेपालमा थप ७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

आज राष्ट्रिय प्रष्योगशाला काठमाडौँ र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयएका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन् ।

मन्त्रालयका अनुसार आज उदयपुरको भूल्केका १८, ४५ र ६५ वर्षीया महिलाहरु र कपिलवस्तु निवासी, १७ र दुई जना १८ वर्षका युवाहरु तथा पर्सा छपकैयाका ६५ वर्षीय पुरुष संक्रमित भएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

img

Share: