• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

भुल्केमा थप एक जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

img

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएको थियो ।

उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ ।

हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी