• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

नेपालमा कोरोना संक्रमितको संख्या १२० पुग्यो

img

सप्तरी । नेपालमा आज थप १० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (सोमबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

अधिकारीका अनुसार, कोरोना पोजेटिभ देखिनेहरुमा कपिलवस्तुको यशोधरा गउँपालिका–५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१ र ३४ वर्षीय पूरुषहरु र एक उमेर नखुलेका पुरुष रहेका छन् ।

उनीहरुको अवस्था अहिले सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

Image may contain: text

img

Share:
img

ताजा अपडेट

क्याटोगरी