• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

बारा र पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यू) जारी

img

बारा । कोरोना महामारीको अवस्थालाई गम्भीररूपमा लिंदै बारा र पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, बाराले सूचना प्रकाशित गरी निषेधाज्ञा जारी गरेको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सँक्रमणको महामारीलाई मध्यनजर गर्दै जिल्लाभरि कर्फ्यू लगाउने घोषणा गरेको हो ।
यसलाई पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले पर्सामा पनि निषेधाज्ञा जारी हुन लागेको बताएकी हुन् । सो क्रममा सबै ई–पास पनि खारेज गरिएको छ ।

बारा जिल्ला पर्साको वीरगंजसँग टाँसिएको क्षेत्र भएकोले जिल्ला प्रशासन कार्यालय, पर्साभन्दा अगावै निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी गराएका छन ।

 

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी