• img
  • img
img img img
Categories
समाचार सुचना प्रविधि

नेपालमा अम्पुन चक्रवातको प्रभाव, वर्षाको सम्भावना

img

काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाले नेपालमा बंगालको खाडीबाट आउँदै गरेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सुरु भएको जनाएको छ ।

यसैगरी, महाशाखाले हाल नेपालमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालका पूर्व र मध्यका केही भागमा आंशिक र सामान्य बदली भइरहेको छ भने पश्चिमी भूभागहरुका केही स्थानमा आंशिक बदली भइरहेको छ ।

महाशाखाले मंगलबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशका पूर्व र मध्य भागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ । यसैगरी, मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।

पूर्वानुमानका अनुसार राति देशको पूर्व र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

img

Share: