• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालका ३६ जिल्लामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

img

काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत उपत्यकाका तीनवटै जिल्लामा कोरोना पुष्टि भएको जनाएका छन् । जस अनुसार काठमाडौंमा ३ जना, भक्तपुरमा १ जना र ललितपुरमा १ जना कोरोना संक्रमित भेटिएका छन् ।

अन्य कोरोना पुष्टि हुनेहरुमा झापा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४, नवलपरासी १ जना रहेका छन् ।
१७ वर्षदेखि ४२ वर्ष उमेर समूहमा व्यक्तिहरु रहेका छन् भने, २४ जना पुरुष र ३ जना महिलामा थप कोरोना पुष्टि भएको डा. देवकोटाले जानकारी दिए ।

मन्त्रालयकाअनुसार संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

हालसम्म नेपालमा ४ सय २ जनामा कोरोना संक्रमण देखिए पनि अहिलेसम्म ३७ जना उपचार पनि निको भएर घर फर्किसकेका छन्। साथै २ जनाले कोरोनाका कारण ज्यान पनि गुमाइसकेका छन् ।

img

Share: