• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

३ देखि ४८ वर्ष उमेर समूहका मानिसहरुमा संक्रमण पुष्टि संगै संक्रमित संख्या ४२७ पुग्यो

img

काठमाडौं । बुधबार थप २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोनबाट संक्रमित हुनेको संख्या ४ सय २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित हुनेमा ३ देखि ४८ वर्ष उमेर समूहका मानिसहरु रहेका छन् । ३ वर्षिया वालक सहित १८ पुरुष र ७ जना महिला रेहेका छन् ।

जस अनुसार बाँकेको नरैनापुरमा ५, खजुरामा १ गरी ६ जना पुरुष संक्रमित थपिएका छन्। यस्तै, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिम सुस्तामा १ जना गरी २५ जना थप नयाँमा कोरोनाको संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालका ३८ वटा जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये प्रदेश १ मा ५९ जना, प्रदेश २ मा १ सय ३६ जना, बागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १ सय ९६ जना, कर्णालीमा १ जना, र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी