• img
  • img
img img img
Categories
समाचार सुचना प्रविधि

नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुग्यो, ४५ जना उपचारपछि निको भए

img

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड–१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।

प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको हुनेहरुको संख्या २६ पुगेको छ । प्रदेश कार्यालयका अनुसार पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ भने आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । ४५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

img

Share: