• img
  • img
img img img
Categories
समाचार सुचना प्रविधि

थप १७ जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

img

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको कोरोना परीक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार, कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन्। उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

नेपालमा कोरोना संक्रमित भएकामध्ये ४५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने २ जनाको ज्यान गएको छ।

img

Share: