• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीका दोस्रो संक्रमित साताअघि भारतबाट आएका हुन

img

सप्तरी । सप्तरीमा पहिचान भएका कोरोना भाइरस (कोभिड–१९)का दोस्रो संक्रमित एक साताअघि भारतबाट आएको खुलेको छ । संक्रमित युवक जिल्लाको बलान-बिहुल गाउँपालिका वडानम्बर ४ का बासिन्दा हुन् ।

वडानम्बर ४ बेल्ही भारतसँग टाँसिएरै रहेको गाउँ हो । यो वडाका ३५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार संक्रमित युवक आफ्नी पत्नीसँगै भारतबाट नेपाल आएका हुन् । भारतको चन्डीगढस्थित गुँडगाँवमा मजदुरी गर्दै आएका युवक पत्नीसहित एक साताअघि घर आएका थिए ।

घर आएपछि उनी र उनकी पत्नीलाई तत्कालै बेल्हीको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा जम्मा ४९ जनालाई रहेका छन् । उनीहरु सबै भारतबाट आएको अध्यक्ष गोइतले जानकारी दिए ।

अध्यक्ष गोइतका अनुसार क्वारेन्टाइनमा रहेकामध्ये ३५ जनाको स्वाब बिपी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित व्यक्तिसहित ५ जनाको रिेपोर्ट आउन बाँकी छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी