• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कोरोना संक्रमितको संख्या बढन थालेपछि आइसोलेशन कक्षको अभाव, संक्रमित संख्या ३३ पुगे

img

राजविराज । सप्तरीमा बिहीबार १६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ । भारतबाट प्रवेश गर्नेको संख्या सँगसँगै कोरोना संक्रमितको संख्या समेत बढन थालेपछि व्यवस्थापनको चुनौती थपिएको छ ।
विगत १० दिन देखि यता भारतबाट १ हजार ३ सय ६४ जना मुख्य नाकाबाट घर फिर्ता आएको र संक्रमितको संख्या समेत २ बाट बढेर ३३ पुगेपछि चुनौती थपिएको हो ।
जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५१ वटा क्वारेन्टाईन केन्द्र रहेकोमा बिहीबार सम्ममा १ हजार ६ सय ६४ जना क्वारेन्टाईनमा पुगिसकेका छन् ।

सप्तरीमा आइसोलेसन अभाव, केही संक्रमित अझैं क्वारेन्टाइनमै

 

भारतबाट लुकीछिपी स्वदेश फर्किने क्रम बढेसँगै जिल्लामा संक्रमितहरुको संख्या बढेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अस्पताल बाहेक अन्य विकल्पको रुपमा राजविराज स्थित साईकृष्णा हस्पिटलमा आइसोलेसन निर्माण कार्यलाई तिब्र रुपमा अगाडि बढाईएको छ ।
शरुवातमा ६ बेडको आइसोलेशन कक्ष मात्र रहेकोले हाल विस्तार गरी १८ ओटा बेड, त्यसपछि ६ ओटा गरी २४ ओटा बेड पुर्याईएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । उनका अनुसार अस्पतालमा भौतिक पूर्वाधारको अभाव रहे पनि जेनतेन विहीबारै व्यवस्थापन गरी बेड संख्या २६ पुर्याईएको छ ।
हाल आइसोलेसन बेड संख्या २६ र संक्रमित संख्या ३३ पुगेकोले तत्कालकालागि केही संक्रमितलाई सम्वन्धित क्वारेन्टाइनमै होल्डमा राख्नुपरेको उनले बताए । स्वास्थ्य कार्यालय र अस्पतालबाट पठाईएको स्वाब रिपोर्ट आउने क्रममै रहेको अझैं बढ्नसक्ने सम्भावना रहेकोले आफुहरु गम्भीर रहेको मे.सु. दासले जानकारी दिए ।
यता जिल्लामा आइसोलेसन बेडको अभाव भएपछि स्थानीय साईकृष्णा हस्पिटलमा व्यवस्थापन गर्नकालागि द्रुत गतिमा काम भईरहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । उनका अनुसार दुई–तीन दिनभित्र त्यहाँ आइसोलेसन कक्ष तयार हुनेछन् ।

img

Share: