• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा सङ्क्रमितको सङ्ख्या १८११ पुग्यो, निको हुने २२१ रहेको छ ।

img

सप्तरी । सोमबार थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका सात, रुपन्देही र पाल्पामा दुई/दुई तथा नवलपरासी र गुल्मीमा एक/एक जना गरी १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ११ पुगेको छ । यसअघि आज दिउँसोमात्रै दुई सय २६ जनामा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९०३ वटा नमुना परीक्षण गरिएको उनले जानकारी दिए । उनले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको बताए । मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् ।

आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिए । कोरोना निको हुनेको संख्या २२१ पुगेको छ । जसमा ४१ महिला र १ सय ८० पुरुष छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी