• img
  • img
img img img
Categories
कृषि समाचार

५० बिघामा लगाएको तरकारी नष्ट

img

भारदह। विगत केही दिनदेखि परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको वहाव बढेसँगै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी व्यारेजमा फलफूल खेतीमा क्षति पुगेको छ। सप्तकोसीको पानीले स्थानीयले लगाएको तारभुजा र तरकारी डुवेपछि किसान चिन्तित बनेका छन्।

Image may contain: outdoor, water and nature

करिब पचास बिघा जग्गामा लगाएको तरकारी खेती जलमग्न भएपछि स्थानीय कृषक समस्यामा परेको स्थानीय लक्ष्मण मण्डलले बताए। ‘किसानले सप्तकोशी नदीको बगरमा तारभुजा, खरबुजा, लौका, फर्सी, काँक्रा, गोडभेडाको खेती गरेका थिए,’ उनले भने, ‘अहिले निरन्तरको बर्षाको कारण सप्तकोसीमा पानीको सहत बढेपछि तरकारी खेती सबै डुबानमा परेको छ।’

स्थानीय कृषक पुरन राउतको आठ विघामा लगाएको तरकारी खेती पनि सप्तकोसीको पानीले डुबानमा परेको छ। ‘दिनरात मेहेनत गरेर लगाएको बगर खेतीले पीडा दियो,’ उनले भने, ‘साहुसँग लिएको दश लाख ऋण कहाँबाट ल्याएर तिर्नुरु हामी त बर्बाद भयौं। अहिलेसम्म बच्चालाई जस्तै हुर्काएको खेती अहिले आएर जलमग्न भयो।’

आफ्नो सात बिघामा तरकारी खेती गरेका कृषक बासुदेब मुखियाले लकडाउनको कारण तरकारी व्यवस्थापन गर्न नसकिएकाले यो समस्या आएको बताए। ‘लकडाउन भयो। यतिबेलासम्म धेरै तरकारी बिकिसक्नु पर्ने हो। लकडाउन त गर्यो, तर सरकारले हाम्रो व्यवस्थापन गर्न सकेन। अहिलेसम्म केही तरकारी बेच्न सकेको भएपनी ज्याला उठ्ने थियो। अहिले बर्बाद भयो।’

उनीसँगै बगरे बाली गरेका अन्य कृषकले भावुक बन्दै भने, ‘हामीले कहाँबाट ल्याएर ऋण तिर्ने, तरकारी बेच्ने बेलामा बाढी आयो। हामीलाई सरकारले क्षतिपूर्तिको व्यवस्था गरिदिनुपर्छ।’

img

Share: