• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मुसहर समुदायका २७२ परिवारलाई राहत बितरण

img

कंचनरुप । कोरोना भाइरस(कोभिड–१९)का कारण जारी लकडाउनको मारमा परेका दुई सय ७२ घर मुसहर समुदायलाई दलित सरोकार मञ्च नेपाल र कञ्चनरुप नगरपालिका–८ ले संयुक्तरुपमा राहत वितरण गरेको छ ।

व्योम कुसुमा बुद्धधर्म संघका विध्याधर आर्चाय महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा मञ्चले वडा नम्बर ४ मा एक सय १२ घर,वडा नम्बर १०मा १२९ घर र वडा नम्बर १मा ३१ घर मुसहर समुदायलाई राहत वितरण गरिएको संस्थाकी कार्यक्रम सहायक अनिता कुमारी खंगले जानकारी दिइन् । राहतमा उसिना चामल २५ किलो, गहूको पिठो ५ किलो, दाल ३ किलो,सोयाविन ३ किलो,साबुन ४ पिस र नून २ पकेट वितरण गरिएको छ ।

Image may contain: one or more people and outdoor

कञ्चनरुप नगरपालिकाले अहिलेसम्म एक पटक मात्रै राहत वितरण गरेकोले लकडाउनका कारण दलित समुदायभित्र पनि सिमान्तकृत मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको कार्यक्रम सहायक खंगले जानकारी दिइन् । नेपाल राष्ट्रिय मुसहर संघका संचिवालय सदस्य बद्री सदा,कञ्चनरुप ११का रामनारायण सदाले राहत वितरणको लागि समवन्य गरेको थियो ।

लकडाउनका कारण दलितहरुको रोजीरोटी बन्द भएपछि दैनिक रुपमा काम गरेर खाने वर्गलाई सबभन्दा बढी समस्या भएको बद्री सदा बताए । उनले भने,कञ्चनरुप नगरपालिका मुसहर बस्तीका दर्जनौ घरमा चुल्हो बन्द रहेको अवस्थामा मञ्चले विभिन्न संघसंस्थाबाट मुसहर लगायत दलित समुदायलाई राहत वितरण गरेको छ,म धन्यबाद दिन चाहन्छु ।’

Image may contain: 1 person, standing and outdoor

यस अघि पनि दलित सरोकार मञ्चले विभिन्न संघ सस्था र व्यक्तिहरुको सहयोगमा कञ्चनरुप नगरपालिका–५ प्रिप्रापूर्व, हनुमानगर कंकालिनमाई नगरपालिका–१ कोशी ब्यारेज,कञ्चनरुप नगरपालिका–५कै रामपुर पथरी,कञ्चनरुप नगरपालिका–८ र ४का एकल महिला र अपाङ्ग तीन सय ५० परिवारभन्दा बढीलाई राहत वितरण गरेको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले जनाए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी