• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ जना पुग्यो, निको हुने १५७८ जना, मृत्यु हुने २२ जना

img

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमाफर्त पछिल्लो २४ घण्टाको अपडेट सार्वजनिक गरेको हो।

नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७ हजार ४१६ नमुनाको पीसीआर टेस्ट गरिएको थियो।

नेपालमा अहिलेसम्म एक लाख ६९ हजार एक सय २५ जनाको पीसीआर विधिमार्फत र दुई लाख ५२ हजार तीन सय जनाको आरडीटी विधिमार्फत कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक हजार पाँच सय ७८ रहेको छ ।
हालसम्म २२ जनाको मृत्यु भएको छ।

img

Share: