• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

थप ३ जनामा कोरोना पुष्टि सँगे सप्तरीमा संक्रमित संख्या १५८ पुग्यो

img

भारदह । सप्तरीमा कोरोना भाइरस संक्रमित संख्या बढ्दै छ । आज थप ३ जनामा कोरोना पुष्टि भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा २ र छिन्नमस्ता गाउँपालिकामा १ जना गरी तीन जना कोरोना संक्रमित थपिएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमितको संख्या एक सय ५८ पुगेको छ ।
संक्रमणको पुष्टि भएकाहरुलाई राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याईएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट समेत रहेका कोभिड १९ कोरोना व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख यादवका अनुसार वोदेवर्साइन नगरपालिकामा ३३, जना, हनुमाननगर कंकालिनी नगरपालिकामा संक्रमितको संख्या ३१, बलान बिहुल गाउँपालिकामा २७ जना, डाक्नेश्वरी नगरपालिका १२, राजगढ गाउँपालिका १३, राजविराज नगरपालिका १२, छिन्नमस्ता १६, कञ्चनरुप नगरपालिका ३, खडक नगरपालिका १, शम्भुनाथ नगरपालिका १, महदेवा गाउँपालिका १, सुरुङ्गा नगरपालिका २, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिका १जना संक्रमित रहेको छ ।

img

Share: