• img
  • img
img img img
Categories
खेलकुद

आज युनाइटेड र टोटनहम भिड्दै

img

काठमाडौं । कोरोना भाइरस महामारी पश्चात पुन फर्किएको इङ्गलिश प्रिमियर लिगमा आज (शुक्रबार) दुईवटा खेल हुँदैछन् । लिगको ३०औं चरण अन्तर्गत शुक्रबार हुने दोश्रो खेलमा २ ठूला क्लब म्यान्चेस्टर युनाइटेड र टोटनहम आमने सामने हुँदैछन् ।

टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर्समा हुने यी दुईबीचको खेल राति १ बजेबाट शुरु हुनेछ । टोटनहम अंक तालिकाको ८औं स्थानमा छ भने म्यान यु ५ औं स्थानमा छ । आजको खेल दुवैका लागि शीर्ष चारको दौड कायम राख्न निकै महत्वपूर्ण रहेको छ ।  दुवै शीर्ष चारमा रहेर अर्काे सिजनको च्याम्पियन्स् लिगमा स्थान बनाउन चाहन्छ ।

यस्तै आज राति पौने एघार बजेबाट शुरु हुने पहिलो खेलमा अंक तालिकाको पुछारमा रहेको नर्विचले १४औं स्थानमा रहेको साउथह्याम्प्टनसँग खेल्नेछ । आजको खेलमा निर्वचलाई जित चाहिन्छ र यसबाहेकको अन्य नतिजाले नर्विचलाई दोश्रो डिभिजनमा झार्नेछ । यो खेल निर्वचको घरेलु मैदान क्यारो रोडमा खेलिनेछ ।संम्भार जनता समाचार

img

Share:
Tags