• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा ११७५५ जनामा सङ्क्रमण पुष्टि भएको छ, निको हुने २६९८ जना

img

काठमाण्डौ । नेपालमा शुक्रबार पाँच सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा एक सय सात जना महिला र चार सय ८६ पुरुषमा सङ्क्रमण देखिएको हो । अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये एक हजार दुई सय ४९ महिला र १० हजार पाँच सय ६ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार आजसम्म नेपालमा ११ हजार सात सय ५५ जनामा सङ्क्रमण देखिएको हो । रसुवाबाहेक ७६ जिल्लामा कोरोना सङ्क्रमण देखिँदा अहिलेसम्म दुई हजार ६ सय ९८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा आठ जना महिला र ४० जना पुरुष गरी ४८ जना डिस्चार्ज भएका हुन् ।

img

Share: