• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

हनुमाननगर कंकालिनी नगरपालिकाको वडा कार्यालयमा तालाबन्दी

img

भारदह । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १को वडा कार्यालय भारदहमा तालाबन्दी गरिएको छ ।

वडा कार्यालय भारदहको कार्यालयमा स्थानीय युवाहरुले बिहीबार देखी ताला लगाएका छन। वडा र नगरको योजन एवम कार्यक्रमका बारे पटक पटक लिखितरुप सूचना माग गर्दा समेत दिन नचाहेकाले तालाबन्दी गरिएको उनीहरुले बताएका छन् ।

नगरपालिकाले संचालन गरेका अधिंकाश योजनाहरुमा नातागोता, पाटीवाद र कृपावादहरुलाई समावेश गरी बन्धकोठामा उपभोक्ता समिति गठन गरी काम काज संचालन गरेका छन । त्यस्तो कार्यप्रति बिरुध गर्दा वडा कार्यालय र नगरपालिका समेतले कुनै किसिम चासो न देखाउदा चरण बध आन्दोलन कार्यक्रम सर्वजानिक गरी आन्दोलन अगाडी बढएको र नियमित कार्यक्रम अन्तरगत नै तालाबन्दी गरिएको आन्दोलनका अगुवा सुरेन्द्र मण्डल बताउछन ।

सूचनाको हक सबै आम नागरिकको अधिकार हो तर नगरपालिका र वडा कार्यालयले सूचना लुकाउने कार्य गरिरहेको छ । बर्षको अन्तीम समयमा आएर उपभोक्ता समिति गठन गर्ने र त्यसमा पनि आफनो कमिसन आउने ठाउ र दिने व्यक्ति लाई मात्र सामवेश गरी उपभोक्ता समिति गठन गर्ने आषाढ महिनाको अन्तीम हप्तामा काम सूरु गर्ने र रकम (सोवाहा) अनियमिता गर्ने मनसाइ वोकेका कर्मचारी र नगरप्रमुख को मोलोमतोमा यस कारण सूचना नदिने कार्य भइरहेको छ आन्दोलित युवा सुनिल कुमार लौगी बताउछन ।

आज वडामा तालाबन्धी गरेको छौं अब पनि नगरपालिका र वडा कार्यालयले हाम्रो माग पुरा गर्दे भने यो भन्दा पनि ठूलो आन्दोलनको कार्यक्रम सर्वजानिक गरी सडक आउने चेतावनी दिदै सुनल मण्डल बताउनछन । नगरपालिका र वडाकार्यालय ले बर्ता गर्ने आए हामी वर्ता गर्न तयार छौं ।

img

Share: