• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

img

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । यसअघि सम्पन्न पार्टीको स्थायी समिति बैठकका निर्णय कार्यान्वयनबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा शुरु भएको हो ।

नेकपा स्रोतका अनुसार पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे पनि बैठकमा छलफल हुँदैछ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आजका लागि सारिएको थियो ।

नेकपा बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे निर्णय हुने अनुमान गरिएको छ । सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेगरी बैठकबाट निर्णय गरिने बताइएको छ ।

बैठकले सचिवालय सदस्यहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानूनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी