• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपाल पत्रकार महासंंघ, सप्तरी शाखाको विवादास्पद निर्णय

img

सप्तरी । नेपाल पत्रकार महासंंघ, सप्तरी शाखाले पत्रकारहरुलाई सदस्यता दिने गरेको पछिल्लो निर्णय विवादमा परेको छ । महासंघको सप्तरी शाखाले गएको निर्णयले आठ (८) जनालाई सदस्यताको लागि गरेको सिफारिसको निर्णयको विरोध गर्दै आज मधेशी पत्रकार समाजले एक विज्ञप्ति जारी गरेका छन ।

समाजको अध्यक्ष रामअधिन साह र सचिव शैलेशकुमार कर्णले जारी गरेको विज्ञप्ति माफर्त महासंघको सप्तरी शाखाले कुनै मानक मापदण्ड न अपनाइ झारो टार्ने किसिमले सदस्यताको सिफारिस गरेकोले सो निर्णय अन्यायपूर्ण भएकाले सच्याउनु पर्ने माग गरेको छ ।
विगतका दिनमा पत्रकारिता क्षेत्रबाट टाढा रहेका व्यक्तिहरुलाई सदस्यता नदिने र सदस्यता प्राप्त गरिसकेका गैर पत्रकार सदस्यहरुको सदस्यता हटाउने निर्णय समेत गरेको आलोकमा केही राजनीतिक व्यक्तिहरु महासंघको सदस्य पदमा रहि रहनु बिडम्बनापूर्ण र दुःखद रहेको उल्लेख गर्दै जारी विज्ञप्तिमा आफ्नो ३ बर्षे कार्यकालको कार्यकालमा पहिलो पटक सदस्यताको लागि सिफारिश गर्ने कार्य गरेको तर यसरी सिफारिश गर्दा दूई बर्ष पहिले देखि सदस्यताको लागि आह्वान गर्दा आवेदन दिएका ४८ जना मध्ये ८ जना मात्रलाई सदस्यताको लागि सिफारिश गरिनु षडयन्त्रपूर्ण रहेको भनिएको छ । समाजको विज्ञप्तिले सदस्यताको मापदण्ड पूरा गरी क्रियाशिल रहेकाहरुलाई सदस्यताबाट बञ्चीत गराउने र केही पदाधिकारीहरुको आसपासे रहेका गैर पत्रकार लाई सदस्यताको लागि सिफारिश गरिएको प्रति यस संगठनको गम्भीर ध्यानार्कण भएको छ सो कार्यको समाज घोर भत्र्सना गर्दछ भनी उल्लेख गरेको छ ।

वर्तमान कार्यसमिति “शुद्धिकरण”को नारा लिई कार्यकालमा आएको ईतिहास स्मरण गराउँदै सो नारालाई कार्यान्वयनमा नल्याई आफ्ना आसेपासे पोषणे कार्य गरेको प्रति आपत्ति प्रकट गर्दै विज्ञप्तिमा यदि मापदण्ड बनाई ती ८ जनाको सिफारिश गरिएको हो भने बनाईएको मापदण्ड सार्वजनिक गर्न र सो मापदण्ड बमोजिम रहेका अन्यलाई समेत समेटि पुनः नामावली सिफरिश गराउने तर्फ अग्रसर हुन नेपाल पत्रकार महासंघ, सप्तरी शाखाको वर्तमान कार्यसमिति सँग जोड़दार माग गर्दछौं विज्ञप्तिमा उल्लेख गरिएको छ । सप्तरी शाखाको यस्तै गैर जिम्मेवारीका कारण सप्तरी पत्रकारिताको आम जनमानसमा बदनामी समेत भईरहेको ध्यानाकर्षण गराउँदै सप्तरी शाखाले सदस्यता वितरण र नविकरणको लागि गरेको निर्णय सच्याई विशुद्ध पत्रकारितासंग आवद्ध पत्रकारहरुलाई सदस्यता प्रदान र सोहि अनुरुप नविकरणको लागि सिफरिश नगरे बाध्य भई आन्दोलनमा जाने जानकारी गराउँदै सोबाट उत्पन्न हुने परिणामको जवाफदेह सप्तरी शाखा नै हुने समेत विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।
स्मरण रहोस उक्त निर्णय गर्न महासंघको प्रदेश समितिले शाखालाई भदौ ३१ गते सम्मको समय सीमा दिएकोमा शाखाले अन्तिम दिन यस्तो निर्णय गरेको र सोमा पनि सबै सदस्यहरुको सहमति नरहेको बैठकमा सहभागी एक सदस्यले जानकारी गराएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी