• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

बाल विवाह न्यूनीकरणका लागि सम्वाद

img

सप्तरी । राजविराजमा आइतबार बाल विवाह न्यूनीकरणका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीमा अन्तरपुस्ता सम्वाद कार्यक्रम भएको हो ।


कार्यक्रममा राजविराज नगर उपप्रमुख साधना झाले शिक्षादिक्षा नदिई शारिरीक र मानसिक रुपले तयार नभएका बालबालिकाको विवाह गर्ने अभिभावक ठूलो अपराधी रहेको बताउनु भयो । कानूनबाट लुकेर वा भागेर विवाह गर्नु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो भन्नु हुँदै उपप्रमुख झाले पढने र असल संस्कार सिकाउने वातावरण आवश्यक रहेको बताउनु भयो ।
जनप्रतिनिधी, शिक्षक, बालबालिका, किशोर, किशोरी, महिला, प्रहरी, पत्रकार, अधिकारकर्मीलाई राखेर गरिएको कार्यक्रममा बाल विवाह र वेचविखन न्यूनीकरणमा सचेतनात्मक सहजिकरण गरिएको थियो ।

कार्यक्रममा अन्तरपुस्ता सम्वाद प्रक्रियाद्वारा बाल विवाह र वेचविखन न्यूनीकरण गर्न सकिने भूमिका लगायतका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनेश्वर साहले सहजिकरण गर्नुभयो ।

प्रहरीले गर्ने दायित्वका कारेमा स्पष्ट पार्दै प्रहरी निरीक्षक साहले बाल विवाह गरेको पाइएमा कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जनाउनु भयो । विभिन्न घटनाहरुको उदाहरण दिनुहुँदै साहले कानुनको कार्यान्वयनमा समाजको सहयोगको अपेक्षा समेत गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मूल समारोह समितिका अध्यक्ष मनोहर पोखरेलले सहभागिद्वारा राखिएको विभिन्न जिज्ञाशा मेटाउनु हुँदै हिंसा नगर्न, नसहन र हिंसाको प्रतिवाद गर्न आग्रह गर्नुभयो । हरेक क्षेत्रमा सम्वादको आवश्यक्ता र महत्व बढ्दै गएको बताउनु हुँदै पोखरेलले यसको व्यापकता र थप प्रभावकारिताका लागि प्रतिवद्ध रहन समेत आग्रह गर्नुभयो ।


समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ताद्वारा सञ्चालित कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, पत्रकारहरु ललीता साह, चन्दन यादव, हुर्क नेपालका पार्थो सरकार, रिया सञ्चेती, सुनिता साहलगायतले बालविवाह न्यूनिकरणका लागि नागरिक समाज र स्वयम् बालबालिका पनि जिम्मेवार र सशक्त हुनुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
समितिको आयोजनामा सोमबार दिउँसो १२ बजे राजविराजस्थित बहिरा बलाक स्कूलमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि अभिमुखिकरण कार्यक्रम तथा दिउँसो ३ बजे सहिद दशन चोकमा हिंसा पीडित महिलालाई हौसला प्रदान कार्यक्रम राखिएको मूल संयोजक पोखरेलले जानकारी दिनुभयो ।

 

img

Share: