• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

जेसीज सप्ताहअन्तर्गत पाँचौ दिन रक्तदान कार्यक्रम

img

सप्तरी । राजविराज जेसीजले सोमबार राजविराजमा रक्तदान कार्यक्रम गरेको छ ।
जेसीज सप्ताहअन्तर्गत पाँचौ दिन जेसीजले राजविराजस्थित गजेन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कोभिड–१९ को महामारीका बेला रगतको अभाव भई विरामीहरुलाई समस्या भइरहेका बेला जेसीजले रक्तदान गरेर सही समयमा सही काम गरेको रक्तसञ्चार केन्द्रका इन्चार्ज नबिन झाले बताउनु भयो ।

रक्तदान कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, पूर्व अध्यक्ष मनोहर पोखरेल, कार्यक्रम संयोजक रबीकुमार राय, कानुनी सल्लाहकार राजेश मण्डल, शाखा सम्पादक, सुनितकुमार मुन्नालगायतले रक्तदान गर्नुभयो ।

यसैगरी स्वयमसेवी रक्तदाता पंकजकुमार सरकार, पत्रकार पिन्टुकुमार यादव, गायत्री दाहाल, भोली मेहतर राउत, दयानन्द अमात्य, उपेन्द्रकुमार राय, पंकज अमात्य, टोपेन्द्रकुमार रायले रक्तदान गर्नुभएको महासचिव तथा जेसीज सप्ताहका मूल संयोजक खेलानन्द दासले बताउनु भयो ।

अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एवम् सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शंकर शारदा, पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा २०२० का राष्ट्रिय अध्यक्षका उम्मेदवार रबीन पोखरेल, नुवाकोट जेसीजका अध्यक्ष श्रीकृष्ण आचार्यलगायतले मन्तव्य राख्नु भयो ।

मन्तव्यका क्रममा राष्ट्रिय अध्यक्षका उम्मेदवार पोखरेलले समाज रुपान्तरणका लागि सहकार्यका साथ विभिन्न संस्थालाई समेटेर जेसीजले अगाडि बढनु पर्ने बताउनु भयो । हरेक युवाले समान ढंगले अगाडि बढने अवसर पाउनु पर्ने भन्नुहुँदै पोखरेलले युवाहरुलाई लक्षित गरेर जेसीजले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

उक्त अवसरमा राजविराज जेसीजका अध्यक्ष कटवालले गम्छा लगाई दिएर पोखरेल र आचार्यलाई सम्मानु गर्नुभयो । एकआपसमा मायाको चिनो आदानप्रदान भयो ।
‘जेसीज सप्ताह कार्यक्रम २०२०’ को साताव्यापी कार्यक्रमको छैठो दिन मङ्गलबार अपरान्ह राजविराजस्थित अस्पतालमा गर्भवती, सुत्केरीलाई पौष्टिक आहार प्रदान कार्यक्रम रहेको कार्यक्रम संयोजक गणेशकुमार दासले जानकारी दिनुभयो ।

यसैगरी बुधबार सुरुङ्गा नगरपालिका–३ दौलतपुरमा स्वास्थ्य सामाग्री वितरण र अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकाले अन्तिम दिन बुधबार साँझ राजविराजस्थित गजेन्द्र चोकमा हिंसा पीडितबाट मृत्युवरण गरेकाहरुको सम्झनामा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जलीसभा गरेर साप्ताहिक कार्यक्रम समापन गरिने जेसीज अध्यक्ष कटवालले बताउनु भयो ।

img

Share: