• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय राष्ट्रीय समाचार

सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा

img

सप्तरी । नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरेका छन्।

नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ। चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४ मिटर रहेको बताउँदै आएको थियो।

नेपाल र चीनले मङ्गलवार संयुक्त रूपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन्।

सगरमाथा

नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो।

नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो। सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान–चीन सिमामा पर्दछ।

img

Share: