• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

अध्यादेश खारेजको माग गर्दै सर्वोच्चमा रिट, सुनुवाइ शुक्रबार हुने

img

काठमाडौं । राष्ट्रपतिबाट जारी भएको अध्यादेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिबाट मंगलबार जारी भएको रिट खारेजको माग गर्दै सर्वोच्चमा केहीबेरअघि रिट दायर गरेका हुन् । उनले प्रधानमन्त्रीसहित संवैधानिक परिषद्का सबै सदस्यलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।

अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासंग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता सम्बन्धी सिद्धान्तहरुको उल्लंघन गरेको रिट विदेक अर्यालको दाबी छ ।

रिटमाथि शुक्रबार सर्वोच्चमा सुनुवाइ हुने भएको छ ।

img

Share: