काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्षसमेत रहेका ओलीले आजै मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । उनले मन्त्रिपरिषद् बैठकअघि परिषद्को बैठक बोलाएका हुन् ।
ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएको स्रोतले जनाएको छ । परिषद्को बैठक बोलाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भने भएको छैन । परिषद्को बैठकपछि आजै साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।