• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाखमा दुई चरणको निर्वाचन प्रस्ताव

img

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले संसद् विघटन गर्दै निर्वाचनको घोषणा गरेकी हुन् । राष्ट्रपतिबाट संसद् विघटनको प्रस्ताव नरोकिएपछि अब निर्णयलाई चुनौती दिने ठाउँ सडक र अदालत भएको कानुनका जानकारहरु बताउँछन् ।

संविधानविद् र प्रतिपक्षी दलहरुले मन्त्रिपरिषद्को सिफारिस असंवैधानिक भएकाले राष्ट्रपतिले रोक्नुपर्ने माग गरेका थिए । तर, राष्ट्रपति भण्डारीले त्यस्तो आग्रह सुनिनन् ।

उनले संसदीय प्रणालीको हवाला दिँदै ताजा जनादेशका लागि भन्दै संसद् विघटन गरिन् । नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य-मान्यता तथा संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यासबमोजिम संघीय संसद्‌को वर्तमान प्रतिनिधिसभा विघटन गरेकी छन् ।

“ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ वैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकाले उक्त सिफारिसबमोजिम संघीय संसद्‌को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति” तोकिएको छ ।

 

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति

राष्ट्रपतिद्वारा ‘द्रुत गति’मा संसद् विघटन, वैशाखमा दुई चरणको निर्वाचन प्रस्ताव
आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी