सप्तरी । संसद् विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सप्तरीका नेताहरु र कार्यकर्ताहरुले राजविराजमा प्रदर्शन गरेको छ ।
संसद विघटन प्रतिगामी, अलोकतान्त्रिक र गैर संवैधानिक कदम रहेको भन्दै नेकपा आवद्ध नेता र कार्यकताहरुले प्रदर्शन गरेका हुन् ।
आइतवार विहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन प्रस्ताव पारित गरेका थिए ।
सो प्रस्ताव आइतवारै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी दुई चरणमा निर्वाचन समेत तय गरिसकेकी छन् ।
आफनै नेताहरुको व्यक्तिगत स्वार्थका कारण आज आफनै कार्यकर्ता वाट बिरुध भइरहेको अवस्था छ ।
संसद विघटनको बिरुधमा देशभर बिरुध भइरहेको छ ।