• img
  • img
img img img
Categories
कृषि प्रदेश समाचार

शुद्ध खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था

img

सप्तरी । मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था गर्न लागेको बताएका छन् ।

आइतबार सप्तरीको राजविराजमा मन्त्री कलवारले पत्रकारहरुसँग भेटघाट कार्यक्रममा प्रदेशभरि ठाउँ–ठाउँमा शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएम मेसिन लडान गर्ने तयारीमा लागेको बताएका हुन् ।

मेसिनबाट प्रतिघण्टा १ हजार लिटर मिनिरल वाटर प्राप्त गर्न सकिन्छ’, उनले भने ‘भर्खरै छिन्नमस्ता गाउँपालिका पुगेर आए, त्यहाँ पनि एटिएम प्लान्ट स्थापना गर्ने छौं ।’ भारतको विभिन्न स्थानमा त्यस्तो प्रविधि ल्याइसकिएको बताउँदै मन्त्री कलवारले भने, ‘भारतमा सो खानेपानी सशुल्क रहेपनि यहाँ हामी जनताको सुविधाका लागि निःशुल्क राख्नेछौं ।’

उनले अबको तीन वर्षभित्र प्रदेशभरिका सर्वसाधारण जनतासमक्ष शुद्ध एवम् स्वच्छ खानेपानी पुर्याइसक्ने लक्ष्य रहेको बताए । ‘स्वच्छ खानेपानीको योजना थालिसक्यौं, र अबको तीन बर्षभित्र मधेश प्रदेशभरिका जनतासमक्ष शुद्ध, सफा र स्वच्छ खानेपानी पुर्याइसक्ने छौं ।

खानेपानीका अधुरो आयोजनाहरु पूरा गर्न अब कति समय लाग्ला त? भन्ने प्रश्नमा मन्त्री कलवारले प्रदेशका ५० वटा आयोजनाहरु यसै बर्ष सुचारु गर्ने उदेश्यकासाथ अर्थ मन्त्रालयसँग ५० करोड रुपैयाँ माग गरिएको जानकारी दिए ।

img

Share: