• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय प्रदेश समाचार समाचार

बनथाहा– विराटनगर कार्गो रेलको उद्घाटन

img

विराटनगर । भारत भ्रमणमा रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनथाहा– विराटनगर कार्गो रेलको उद्घाटन गरेका छन् ।

बिहीबार दुई देशका प्रधानमन्त्रीले  बटम थिचेर  रेलवे  कार्गो रेल सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीले उद्घाटन गरेपछि बथनाहबाट आठ किलोमिटर यात्रा गर्दै विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म पहिलो पटक कार्गो रेल आएको हो ।

सुनसरी मोरङका उद्योगी व्यावसायीले कार्गो रेल सञ्चालनको माग गर्दै आएका थिए । बिहीबार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले कार्गो रेलको स्वागत गरे ।

बथनाहादेखि मोरङको कटहरीसम्म १८.१ किलोमिटर रेवलेको निर्माण सन् २०११ मा सुरु भएको थियो । यो अवधीमा बथनाहादेखि बुधनगरसम्मको आठ किलोमिटर मात्रै काम पूरा भएको छ । बाँकी १० किलोमिटर क्षेत्रको काम सुस्त छ ।  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा काम सकिएको क्षेत्रमा पहिलो कार्गो रेल  आएको हो ।

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयष प्याकुरेल कार्गो रेल सेवाले निजी क्षेत्रलाई सामान आयात गर्न सहज हुने बताउँछन् । कार्गो  रेलले आयात र निर्यातमा लाग्ने ढुवानी खर्च जोगिने उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले रेल सेवा सुरु भएपछि आयात निर्यातमा सहज हुने बताए ।

औद्योगिक कच्चा पदार्थ आयात गर्दाको ढुवानी खर्च जोगिने बताउँदै उनले कार्गो रेल सेवाले नेपाललाई फाइदा पुग्ने बताए । निजी क्षेत्रले पहिलेदेखि नै कार्गो रेलको सञ्चालन गर्न माग गरेको बताउँदै उनले भने, ‘हाम्रो माग बल्ल पूरा भएको छ । यसले कच्चा पदार्थको आयातमा सहजता हुनेछ ।’

औद्योगिक कच्चा पदार्थ प्रतिकेजी सातदेखि आठ रुपैयाँसम्ममा ढुवानी गर्नुपरेको बताउँदै उनले कार्गो रेल सेवाबाट सामान ल्याउँदा सस्तो र छिटो हुने उनले बताए ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट दैनिक ३ सय हाराहारी ट्रकमा मालवस्तु नेपाल आउने गरेको छ । व्यावसायी सोम अधिकारी भारतबाट आउने कार्गोलाई नेपालबाट फर्कदा विजनेश दिनसके मात्रै व्यापारघाटा कम गर्न सकिने बताउँछन् ।

img

Share: