• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

६५ करोडको ओपनिङ गर्दै शाहरुखको ‘जवान’ले

img

काठमाडौं ।  एट्ली निर्देशित ‘जवान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान रचेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार शाहरुख खान स्टारर फिल्मले बिहीबार भारतीय बक्स अफिसमा ६५.५० करोड भारु नेट कमाएको हो ।

यो कमाइ शाहरुखको अघिल्लो फिल्म ‘पठान’को भन्दा १९.०९ प्रतिशतले उच्च रहेको जनाइएको छ । ‘पठान’ले ५५ करोड भारुको ओपनिङ गरेको थियो । ‘केजीएफ २’को हिन्दी संस्करणले ५३.९५ करोड भारु, ‘वार’ले ५१.६० करोड भारु, ‘ठग्स अफ हिन्दुस्तान’ले ५०.७५ करोड भारुको ओपनिङ गरेका थिए । यी सबै फिल्मलाई उछिन्दै ‘जवान’ले आक्रामक व्यापार गरेको हो ।

भारतीय मल्टिप्लेक्सहरु पीभीआर, आइनक्स र सिनेपोलिसको कमाइ मात्र ३१ करोड भारु छ । ‘पठान’ले तीन मल्टिप्लेक्स चेनमा मात्र २७ करोड भारु कमाएको थियो । यो अन्तर १८ प्रतिशतले वृद्धि हो । बक्स अफिसमा यो कमाइलाई शाहरुख स्वयंसँगको प्रतिस्पर्धा ठानिएको छ ।

नेपाली बक्स अफिसमा फिल्मले बिहीबार १.०५ करोड नेपाली रुपैयाँको ओपनिङ गरेको छ ।

img

Share:
Tags