• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीको पाँच पालिका अहिले महिलाले नै चलाउदैं

img

सप्तरी । सप्तरीको पाँच पालिका अहिले महिलाले नै चलाउदैं आएकी छिन् ।  जसमध्ये चार पालिकमा महिलाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् भने एक पालिकामा पहिलेदेखी नै प्रमुख पदमा महिला नै छिन् ।

ती चारै जना महिला गत स्थानिय तह निर्वाचनमा उपप्रमुख र उपाध्यक्ष पदमा निर्वाचित तथा एक पालिकामा महिला प्रमुखमै निर्वाचित भएका थिए ।

समाजिक सञ्जाल फोटो

प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछी तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका संचालन गर्दै आएकी छिन् ।

जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेश प्रसाद यादव निलम्बित अवस्थामा छन् ।

राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका चलाइरहेकी छिन ।

img

Share:
Tags