• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने बिरुद्ध गम्भीर हुन प्रहरीलाई गृहमन्त्रीकाे निर्देशन

img

काठमाडाैं। ६८ औं प्रहरी दिवसको अवसरमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने क्रियाकलाप बिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

६८ औं प्रहरी दिवसमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले केही जिल्लाहरुमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्वलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन्।

यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनै पर्ने उनले बताए।

उनले अपराधका नयाँ प्रकृतिलाई निष्तेज पार्न र गहन रुपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउँदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधान उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको दाबी गरे।

नेपाल प्रहरीको आवश्यक भूमिका र कतव्र्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानूनी राज्यको प्रत्याभूत हुने भएकाले यसतर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए।

img

Share: