भुपदेव माली
मंसिर १२ गते, सप्तरी।
घरबाट क्याम्पस गइरहेकी एक बालिकालाई सुनसान बाटोमा अज्ञात व्यक्तिहरूले जान मार्ने प्रयास गरेका छन्।
सप्तरीको हनुमान नगर कंकालनी नपा वडा नं ४ गङ्गापुर बस्ने योगेन्द्र रजककी छोरी अन्दाजी वर्ष १७ कि अन्जली रचकले बिहान ५:४५ बजेतिर रोयल सेकेन्डरी स्कुलमा क्याम्पस गर्न साइकलबाट गइरहेको अवस्थामा सुनसान बाटोमा तीन जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरुले रोकी गलामा डोरी कसेर ज्यान मार्ने प्रयास गरेका हुन्।
साइकलबाट आफ्नो घरबाट ५:४५ बजेको समयमा निस्केकी अन्जली रजक अर्जी विद्यालय भन्दा १०/१५० मिटर पश्चिम गइरहँदा लुगाले अनुहार छोपेर आएका तीनजना अज्ञात व्यक्तिहरुले साइकल रोकी पीडिताको गलामा रसी बेरेर झापड हान्दै लैजाने प्रयास गरिरहदां अज्ञात समूहकै एक जनाले ‘यो त अर्कै केटी परेछ’ भनेपछि अन्जलीलाई छाडेर अपराधीहरु फरार भएकाले पीडिता मुक्त भई क्याम्पस पुगेर प्रिन्सिपल देवनाथ यादवलाई घटनाको जानकारी दिइन्।
रोयल secondary स्कुलको कार्यालय कक्षमा पीडितताको गलामा रसी बेरिएको निलडाम तथा झापडले हिडकाएको चीन्ह देखाउँदै पत्रकारहरूलाई आफ्नो दुखेसो व्यक्त गरेकी छन्।
यता पीडितताकी आमा अनिता देवी साफीले छोरीप्रति भएको आपराधिक घटनाको सम्बन्धमा कानुनी कारबाही गर्न इलाका प्रहरी कार्यालय भारदहमा निवेदन दिने तयारीमा छिन्।