• img
  • img
img img img
Categories
Uncategorized प्रदेश समाचार विचार समाचार साहित्य

नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको कार्यसमिति सर्वसम्मतबाट हुनुपर्ने प्रेस चौतारीको निर्णय

img


भूपदेव माली
मंसिर २३ गते,सप्तरी।
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाको कार्यसमिति सर्वसम्मतबाट हुनुपर्ने प्रेस चौतारी नेपालले निर्णय गरेका छन्।
आइतबार कञ्चनरूपको नेकपा एमाले पार्टी कार्यालयमा प्रेस चौतारी नेपाल, सप्तरी शाखाको बसेको बैठकमा सो निर्णय भएको हो।
मंसिर २८ गते सम्पन्न हुन लागेको नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका निर्वाचनमा प्रेस चौतारीले कार्यसमितिको नेतृत्वमा जाने विषयमा सो बैठक सम्पन्न भएको जनाइएको छ।
प्रेस चौतारी शाखा सप्तरीका कार्यवाहक अध्यक्ष डम्बर राईको अध्यक्षता एवं नेकपा एमालेको पोलिट ब्युरो सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलको प्रमुख अतिथ्यमा सम्पन्न बैठकमा आगामी हुन लागेको महासङ्घको निर्वाचनका लागि क्रियाशील पत्रकारहरूको साझा नेतृत्वका लागि सबै संगठनको उपस्थिति देखिने सर्वसम्मत निर्णयका साथ अघि बढ्नमा जोड दिँदै साझा सहमतिलाई पहिलो प्राथमिकता दिने सर्वसम्मतका कार्यसमिति निर्माण हुने परिस्थिति नबनेको अवस्थामा नजिक हुन चाहने सँग संगठनसँग वार्ता र छलफल गरी अगाडि बढ्ने निर्णय गरिएको छ।
नेकपा एमाले का प्रदेश सदस्य उत्तम कुमार गौतम प्रेस चौतारीका केन्द्रीय सदस्य खगेन्द्र कार्की सहितको उपस्थिति रहेको सो बैठकमा सहज वातावरणमा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा सबैसँग संगठनहरूको सहयोगको अपेक्षा राख्ने निर्णय गरेको छ।
सम्पन्न बैठकमा नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका प्रकाशित भई निर्वाचन कार्यक्रम आरम्भ भइसक्दा पनि सप्तरीको सदस्यता नामावली सार्वजनिक हुन नसकेकोमा दुःख व्यक्त गर्दै निष्पक्षतापूर्वक यथासिध्र सदस्यता नामावली प्रकाशन गरी निर्वाचनको वातावरण सहज र निश्चित बनाउनमा जोड दिएका छन्।
हुन लागेको महासङ्घ को चुनावका लागि तीन सदस्य कार्यसमिति गठन गरिएको छ। खगेन्द्र कार्कीको संयोजकत्वमा डम्बर राई र शिव आचार्य सो समितिमा छनोट गरिएको छ।बैठकमा पत्रकार उत्तम आचार्य, शिव आचार्य, मनोहर पोखरेल, पुनम पोख्रेल, भुपदेव माली ,पिन्टु यादव, भगवती चौधरी, नविन यादव सहितको उपस्थिति थियो

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी