न्युज 1नेपाल संवाददाता
सप्तरी, २३ मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ सर्मा टोल, छ्पकीमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । स्थानीय ब्रह्मदेव शर्माकी १४ बर्षीय छोरी रितु कुमारी शर्मा झुन्डिएको अवस्थामा आइतबार मृत फेला परेकी हुन् ।
बालिका विहान झुन्डिएको थाहा पाएपछि परिवारजनले प्रहरीलाई सूचित गरेपछि तत्काल घटना स्थलमा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरिक्षक राजाबाबु ठाकुर नेतृत्वको प्रहरी अनुसन्धान टोली पुगेका थिए ।
बालिकाको शव आफ्नै घरको बलोमा नाइलनको डोरीले गलामा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बालिकाको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिएका छन्।