• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

दलीय राजनीतिलाई पर राखेर विकासका कार्य सार्थक पार्न सबै एकमत हुनुपर्दछ:- मन्त्री सुँडी

img

भूपदेव माली
मंसिर २५ गते , सप्तरी।
‘कुनै पनि विकास कार्यलाई सार्थक तुल्याउन दलीय राजनीतिलाई पर राखेर सबै एकमत हुनु पर्दछ’ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुंडी (रामबाबु)ले बताउनु भएको छ।
मङ्गलबार सप्तरीको हनुमाननगर कंकालिनी नपा. वडा नम्बर ७ स्थित दुख्ने देवी साह धर्मशालाको उद्घाटन गर्दै मन्त्री सुँडीले सो कुरा बताउनुभएको हो।
उहाँले ‘मैले यस क्षेत्रमा अनेकौ धर्मशाला, सभा भवन, गेट, स्मारक आदिको निर्माण कार्यमा कृतिमान कायम गरेको सर्वविदितै’ रहेको बताउनुभयो।
सुँडी समाज सेवा समितिका उपाध्यक्ष अनिल नायकले अध्यक्षता गरेका सो उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट मन्त्री सुडीले ‘सप्तरीको सबभन्दा ठूलो एवं आकर्षक धर्मशाला उद्घाटन गर्दा अत्यन्त खुसी भएको’ बताउनुभयो। उहाँले ‘यस धर्मशालाबाट हनुमाननगर कंकालीनी नगरपालिका अन्तर्गतका शतप्रतिशत जनताले लाभान्वित हुने आशा गर्न सकिने’ बताउँदै ‘यस धर्मशालाको व्यवस्थापनका जिम्मेवारी सुँडी समाज सेवा समिति भएपनि यो धर्मशाला सबै जातजाति तथा धर्मावलम्बीको प्रयोजनका लागि खुल्ला रहने’ बताउनुभयो। उहाँले अगाडि भन्नुभयो ‘यो धर्मशाला जनताको अनुकम्पाले बनेको हो। यदि जनताले मलाई मत दिएर मन्त्री नबनाएको भए यो धर्मशाला सायद बन्ने थिएन होला’ भन्नुभयो।
वडा नम्बर ९ का वडाध्यक्ष हरिशचन्द्र वर्माले मञ्च संचालन गरिएको कार्यक्रममा बोल्दै मन्त्री सुडीले ‘म भन्दा पहिलाका मन्त्रीज्यूहरूले कुनै पनि अन्तर्राष्ट्रिय दिवसहरू मनाउने क्रममा प्रभात फेरि तथा अन्य कुनै कार्यक्रमहरू गरी मनाउने गरिन्थ्यो, तर मैले मन्त्री भएदेखि यस प्रकारका दिवसहरु मनाउँदा सो दिवसलाई लक्षित गरी सार्थक देखाउने परम्परा बनाउन कतिबद्ध भएको’ बताउनुभयो। उहाँले भन्नुभयो ‘विश्व अपाङ्गता दिवस मनाउँदा हात वा खुट्टा नभएका अपाङ्गलाई ३५ दिन भित्रमा सर्जरी गरेर देखाउने परम्परा प्रारम्भ गरेको’ भन्नुभयो।
दर्शकहरू खचाखच भरिएको धर्मशालाको सो कार्यक्रममा सुंडी समाज सेवा समितिका सचिव सर्वेस नायकले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा वडा नं २ का वडाध्यक्ष सन्तोष गोइत यादव, वडा नम्बर १० का रामलखन मण्डल , वडा नं ७ का वडाध्यक्ष राजेश्वर ठाकुर, वडाध्यक्ष शिवचन्द्र मुखिया, मधेश प्रज्ञा प्रतिष्ठानका सञ्चालक समिति सदस्य दिनेश कुमार यादव लगायतका उपस्थिति रहेको थियो।“>

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी