मङ्सिर २५ गते ,सप्तरी।
सप्तरीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान्ताहत मङ्गलबार भारदहको राजिव चौकमा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
हनुमाननगर कंकालीनी नगरपालिकाको महिला तथा बालबालिका शाखा द्वारा आयोजित कार्यक्रममा जुलुस र्याली सडक नाटक सहितको लैङ्गिक हिंसा अन्त्य गरिने बारे जनचेतना कार्यक्रम सम्पन्न भएको हो।
सम्पन्न कार्यक्रममा महिला ,पुरुष, इलाका प्रहरी कार्यालय भारदहका जवानहरू, सशस्त्र बेस क्याम्प भारदहका जवानहरू तथा अपाङ्ग संघ सप्तरीका अपाङ्गहरू गरी सैकडोको संख्यामा भारदस्थित शहिदराज चौकबाट निकालेको जुलुस र्याली कंकाली भगवती मन्दिर परिक्रमा गरी पुन: राजीव चौकमा एक सभामा परिणत भएर सडक नाटक समेत गरिएको नगरका उपमेयर सरिता देवी सिपलिया यादवले जानकारी गराउनुभयो।
कार्यक्रमको सञ्चालन कमल नारायण मण्डलले गरेको थियो।