भूपदेव माली
मंसिर २४ गत, सप्तरी।
सप्तरीमा मलखादको अभावले हाहाकार मचेको छ। यतिबेला गहुँको बाली र मकैको बाली छर्ने बेला भएकोले किसानहरुलाई पर्याप्त मात्रामा मलखाद चाहिएको बेला मलखादको अभावले गर्दा कृषि सामग्री संस्थान ,सहकारी, डिलर र कर्मचारीहरूको मिलोमतोमा व्यापक रूपमा कालोबजारी भइरहेको किसानहरूको आरोप छ।
मलखादको अभाव अन्य अन्य जिल्लाहरूमा भएपनि सप्तरीमा मलखादकाे खुलेआम कालाेवजारी भइरहेको छ । प्रतिबोरा दुई हजार ६७ रुपैयामा पाइने मल ३८ सयसम्ममा बेच्ने गरेको पाइएको भने डिएपी मल सरकारी दर रेट २४१४ प्रति बोरा (५० केजीको) सरदर बिक्री वितरण रेट २५०० प्रतिबोरा (५० केजीको )सम्म हो। तर डिलरहरूले यी मलहरू रु. ३५०० प्रति बोरा देखि ४००० रु प्रति बोरासम्म लिने गरेको पाइन्छ।मलमा चरम कालोबजारी हुँदा समेत सम्वन्धित निकाय माैन देखिंदा किसानहरु बढी रकम तिरेर पनि मल लिन विवश छन् । कृषि सामग्री संस्थान र पालिका अन्तर्गत रहेका कृषि विकास शाखाहरु द्वारा तोकिएको मुल्य विपरीत व्यापारीहरुले मलखाद विक्री गरेर कालोबजारी गरिरहेको किसानहरुकाे आराेप छ। किसानका लागि ल्याइएको मलखाद कृषि सामग्री संस्थान , सहकारी, डिलरहरु र संस्थानकै मिलेमतोमा मलमा कालोबजारी भइरहेको किसानहरु बताउछन्। मलखादमा भइरहेको कालोबजारीका कारण आफुहरु मारमा परेको उनीहरुको दुखेसो छ । सप्तरीमा खादमल नपाउनाले कतिपैले भारततिरबाट लुकिछिपी ल्याउने गरेका छन् भने कतिपयले सुनसरीबाट छलेर मल ल्याउन विवस छन्।
सप्तरीको भारदहबाट फुलेन्द्र राउतले सुनसरीको इनरवा र हरिपुर मल लिन पुगेका बेला पत्रकारहरूसँग कुरा गर्दै ‘सप्तरीका किसानहरूले गँहु खेती , दलहन , तेलहन , तरकारी खेतीकाे समयमा मलखादकाे अझ समस्या खेप्दै आएका छन्’ भने, ‘यता व्यापारीहरुले मनपरि ढंगवाट मलखादमा खुलेआम कालाेवजारी गरिरहेको छ।’सम्बन्धित निकाय वा प्रशासनद्वारा कुनै प्रकारलेअनुगमन नगर्नुले मिलेमतोमा मलखादमा खुलेआाम कालाेवजारी गरिरहेको जोसुकैले पनि अनुमान गर्न सकिने’ बताउनुभयो।
हनुमाननगर कंकालनी नपा वडा नं १ का सहकारी संचालक जयप्रकाश मण्डलले ‘माग अनुसार मलखाद आपूर्ति नहुँदा मलखादमा चलखेल भइरहेको’ बताए । उनले ‘संस्थानका कर्मचारी र व्यापारीको मिलोमतोका कारण किसानले समयमा मलखाद पाउन नसकेको’ आरोप लगाए।
‘मलखाद अभावका कारण किसानहरुले बढी मूल्यमा खरिद गर्न बाध्य भएको’ उनको भनाइ छ । उहाँले भने ‘आजै हेर्दा नगरपालिकाले ३७५ बोरा मल मात्र उपलब्ध गराउन सकियो, नगरका २२वटा डिलरहरूलाई भागबण्डा गर्दा एक डिलरलाई १७ बोरा मात्र प्राप्त भएको अवस्था छ। जबकि भारदहका कृषकहरुलाई मात्र कमसेकम ५०० बोरा मल चाहिएको छ, कसरी आपूर्ति हुन सक्छ?’भन्नुहुन्छ।
‘सप्तरीमा गँहु खेती , धान खेतीकाे समयमा मलखादको अभाव रहँदै आएको’ स्थानीय ह .क .नपा वडा नं १ का कृष्णदेव खड्काले दुखेसो सुनाए ।
‘ मलखादमा अनियमितता, सहकारी र डिलरहरुले मलखाद खरिद गरेर उनीहरुले किसानलाई मनपरी मूल्यमा बिक्री वितरण गर्ने गरेको बुझेर पनि सम्बन्धित निकाय मौन रहेको हुँदा किसानहरू आक्रोशित रहेको’ वार्ड नम्बर ३ का मनोज यादवले बताए । ‘माग अनुसारकाे मल आउन नसकेको भन्दै कृतिम अभाव देखाएर सहकारी र डिलरहरुले चर्को मूल्यमा बेच्ने गरेको’ उनको आरोप छ ।
प्रतिबोरा ८ सय रुपैयाँमा पाउने युरिया मल १ हजार २ सयदेखि १ हजार ३ सय र २ हजार ६७ मा पाउने अनुदानको डिएपी मल २ हजार ५ सय रुपैयाँ देखि ३हजार ८ सय सम्ममा व्यापारीहरुले बेचेर कालोबजारी गरिरहेको स्थानीय यादवले बताए ।
हनुमाननगर कंकालिनी नपा वडा नं १ भारदह स्थित उन्नत सहकारी संस्थाका प्रोपराईटर विनोद माझीसँग कुरा गर्दा उहाँले ‘नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आपूर्तिका लागि यस वर्ष समयमा रकम पठाउन नसक्दा आयात गर्न सकेन, जसकारण मलखादको अभाव भएको देखियो, कृषि सामग्री सामग्रीसँग स्थानले यस नगरका लागि जम्मा १२७३ बोरा डीएपी मात्र उपलब्ध गराउन सकेकोले नगरमा जम्मा १९ वटा डिलरहरू रहेकोले प्रति डिलर लाई ६७ बोराको दरले मात्र उपलब्ध हुन सकेकोले कृषकहरुलाई पर्याप्त मात्रामा मलखाद उपलब्ध गराउन सक्ने अवस्था छैन’ बताउनुभयो।
सप्तरीमा मलखाद को अभावले गर्दा सीमापारीबाट एवं सुनसरीबाट आयात गर्न लाग्दा प्रहरीले बाटोमा रोके २००/४००रु. खाएर मात्र छिर्न दिने कृषकहरूले गुनासो पोख्छन् ।
‘देशकै चर्चित केरा बगान भारदहको कोशी टप्पु क्षेत्रमा रहेको थियो जो बगान बाढीका कारण क्षतिग्रस्त भएकोले अब सो क्षेत्रमा गहु तथा मकैबाली छर्न लागेको बेलामा मलखाद नपाएर किसानहरु चर्को मूल्यमा खरिद गर्न बाध्य भएको’ स्थानीय कृषक दिलीप यादवको भनाइ छ।