• img
  • img
img img img
Categories
प्रदेश समाचार विचार समाचार साहित्य

सप्तरी प्रहरीले १०० किलो गाँजा बरामद गरे।

img

न्युज 1नेपाल संवाददाता राजविराज, ०८ पुस ।
सप्तरीका प्रहरी प्रमुखको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले कार्यभारको जिम्मेवारी सम्हालेदेखि ठुलो परिणाममा लागूऔषध गाँजा धमाधम बरामद गर्न थालेको छ। लागू औषध तस्करविहीन जिल्ला बनाउन सक्रियता देखाउँदै यसअघि पनि पटकपटक लागूऔषध गाँजा पक्राउ गरेका सप्तरी प्रहरीले यसपटक पुनः ठूलो परिणाममा गाँजा बरामद गरिएको हो ।
सप्तरीका प्रहरी प्रबक्ता तथा सूचना अधिकारी डिएसपी जितेन्द्र कुमार बस्नेत द्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै १ सय किलो लागूऔषध गाँजा बरामद गरेको जनाएका छन् । पुस ४ गते सप्तरीको बलानविहुल गाउँपालिका वडा नम्बर ६ शेहरा भन्दा १ किलो मीटर पूर्व स्थित नेपालबाट भारततर्फ अबैध रुपमा लुकाई छिपाई लादै गरेको अवस्थामा गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तस्करहरूले टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखि बोराहरु सोही स्थानमा छोडी मानिसहरु भारततर्फ भागेको प्रहरीले जनाएको छ । बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र १ सय किलो लागूऔषध गाँजा बरामद भएको र उक्त गाँजा नियन्त्रणमा लिइ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि प्रहरीले राजगढ गाउँपालिकाबाट १७ क्वीन्टल, कञ्चनरुप तथा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । प्रहरी उपरीक्षक खतिवडा र प्रहरी नायब उपरीक्षक बस्नेतले जिम्मेवारी सम्हाल्नसाथ अबैध लागूऔषध गाँजा धमाधम पक्राउ गर्न सक्रियता देखाएका  छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी