• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार सुचना प्रविधि

ब्यवस्था परिवर्तन गर्न पत्रकारहरूको महत्वपूर्ण भूमीका: मन्त्री लेखी

img

न्युज 1नेपाल संवाददाता राजविराज, १५ पुस ।
बर्तमान व्यवस्था परिवर्तन ल्याउन सञ्चारकर्मीहरुको अग्रणी भुमिका रहेको मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बताएका छन् ।
राजविराजमा आम सञ्चार प्राधिकरण मधेस प्रदेश द्वारा सोमबार आयोजित साइबर सुरक्षा र ए. आई. सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिथिको आसनबाट उनले यस्तो बताएका हुन् ।

उद्घाटन पश्चात् सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले मुलुकको राजनीति परिवर्तनमा पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहेको बताए । उनले पत्रकारप्रति आमजनताको ठूलो आशा र विश्वास रहेकोले थप जिम्मेवार, मर्यादित हुँदै बर्तमान आधुनिक प्रविधिको उपयोग गरि समाचार सम्प्रेषण गर्नुपर्ने बताए।
लेखीले राजनीतिकसंगै सामजमा रहेको विकृति न्यूनीकरण गर्ने समाचारलाई प्राथमिकतामा राखी सामाजिक रुपान्तरणमा टेवा पुग्ने संदेशमुलक सामाग्री उजागर गर्न समेत आग्रह गरे । गणतन्त्रवादी नेता, मधेस आन्दोलनका नेता, आदिवासी तथा थारु आन्दोलनका नेता, जनयुद्धका नेतृत्व गर्ने नेताहरुको जन्मभुमि रहेको ऎतिहाँसिक जिल्ला सप्तरी रहेको स्मरण गर्दै मन्त्री लेखीले जिल्लाको अपेक्षित विकास हुन नसकेको भन्दै दुख व्यक्त गर्दै यस जिल्लाको मार्गदर्शकको रुपमा पत्रकारहरुले भूमिका निर्वाह गर्न आग्रहसमेत गरे।पत्रकारको समस्या प्रति आफू अति सम्वेदनशील रहेको उल्लेख गर्दै मन्त्री लेखीले प्रदेशका पत्रकारहरुको लागि १ लाखको स्वास्थ्य विमा र ७ लाखको दुर्घटना विमा सुविधा सरकारले दिएको बताए । उनले निकट भविष्यमा नै मधेस प्रदेशका अग्रज पत्रकारहरुलाई सरकारको तर्फबाट सम्मान गर्ने कार्यक्रम समेत राखिएको बताए ।
मधेस प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले देशमा पत्रकारहरुको महत्त्व अत्याधिक रहेको बताउँदै उनले कसैप्रति पूर्वाग्रही सोच तथा खराव मानसिकता नराखी पत्रकारिताको मुल मर्म र मान्यताबाट बिमुख हुनु नहुने विचार व्यक्त गरे । उनले निष्पक्ष ढंगले समाज परिवर्तनमा पत्रकारले भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सभापतित्वको आशनबाट बोल्दै आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै बढ्दो आधुनिकीकरणसंगै पत्रकारिता क्षेत्रमा अलग किसिमको प्रविधि प्रयोग हुँदै आएकोले सोही अनुसारको रुपान्तरण गर्नु जरुरी रहेकोले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यक्रमले साइबर अपराध न्यूनीकरण गर्न मदत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सल्लाहकार अवधेश कुमार झाले आर्थिक समस्याले पत्रकारहरुले आवश्यक उपकरणको अझै उपयोग गर्न नपाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
आम सञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख प्रशन्नराज कर्णद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले गरे ।
कार्यक्रममा साइबर अपराध र ए. आई. प्रविधिको महत्त्व र आवश्यकता बारे जीवन अधिकारी र प्रकाश मैनालीले प्रशिक्षकको रूपमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी