• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

राजविराज स्थित मधेस न्युजको कार्यालयमा चोरी

img

न्यूज 1 नेपाल सम्वाददाता

पौष १६ गते ,राजविराज।
सप्तरीको राजबिराज वडा नं २ राजदेवी टोल स्थित रहेको मधेश न्युज समाचार – पत्रको कार्यालयमा गएराती चोरी भएको छ।
रात्री कार्यालयमा कोही नभएको अवस्थामा तीनवटा ताल्चा तोडी भित्र पसेर कम्प्युटर ल्यापटप सहित चोरी भएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहको घर देखि लगभग १५०/२०० मिटर पूर्वपट्टि र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको घर संगै टाँसिएका मधेश न्युजका कार्यालय भवन परिसरमा मङ्गलबार बिहान छिमेकी पंचम सिंहकी श्रीमतिले जाँदा मूल ढोकाको ताल्चा टुटेको हेरेपछि तत्काल मधेस न्युजका ब्यवस्थापक उमेश कुमार यादवलाई फोन गरेर चोरी भएको घटनाको सूचना दिएकी थिईन्।
कार्यालय भवनको मूल गेटको ठूलो ताल्चा तोडी अनि भित्रको दुईवटा कोठाको ताल्चा तोडेर कोठाभित्रका सामानहरू तहसनहस गर्दै कम्प्युटर ल्यापटप चोरी गरेर फरार भएको थियो।
घटनाको सूचना जिल्ला प्रहरी कार्यालय सप्तरीलाई दिएपछि तत्काल नायब प्रहरी उपरीक्षकको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान कार्यमा जुटेका व्यवस्थापक यादवले जानकारी गराए।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी