सम्पुर्ण नेपालीमा ई.सं. २०२५ को शुभकामना!
सन् २०२५ को आगमनसँगै सबैको जीवनमा सुख, शान्ति, र समृद्धि छाओस् भन्ने कामना गर्दछु।
विक्रम सम्वत जस्तै नयाँ वर्षको अवसरमा हामी सिरुवा, जुडसितल मनाएर गर्दछौं। त्यसरी नै इस्वी सम्वत एउटा अन्तर्राष्ट्रिय जगतमा मान्यता प्राप्त सम्वत भएको हुनाले यो दिन पनि पिकनिक पार्टी आदि गरेर खुसियाली मनाउने गर्दछन्। हुन त इस्वी सम्वत भन्दा विक्रम सम्वत १७ वर्ष जेठो हो। तर इस्वी सम्वत अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाएको छ भने इस्वी सम्वत संसारका हिन्दुहरूमा मात्र सीमित रहेको देखिन्छ।
जुनसुकै नयाँ वर्षको आगमन एउटा अवसर हो—पुराना अनुभवहरूलाई समीक्षा गर्ने, गल्तीबाट सिक्ने, र नयाँ लक्ष्यहरू राख्दै जीवनलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने।
ईस्वी संवत् २०२४ नेपालका लागि दुःखद् घटनाक्रमहरूको वर्ष रह्यो। प्राकृतिक प्रकोप, दुर्घटना, र महान व्यक्तित्वहरूको निधनले देशलाई गहिरो चोट दियो। पूर्व उपसभामुख दमननाथ ढुङ्गाना लगायत भाषाविद एवं गायकहरूको मृत्यु भयो। भारी बाढी, पहिरोमा २२४ जनाको मृत्यू र २४ जना बेपत्ता भए । सौर एयरलाइन्सका त्रासदीपूर्ण विमान दुर्घटनामा १८ जनाको मृत्यू र सयौं परिवारलाई अपूरणीय क्षति भयो। तर, हरेक कठिनाइले नयाँ सुरुवातको बाटो पनि देखाउँछ।
यस वर्ष, हामी दृढ संकल्पका साथ आफ्नो समाज, देश, र व्यक्तिगत जीवनलाई अझ सकारात्मक बनाउने दिशामा अघि बढ्न सक्ने अवसर प्राप्त हुने आशावादी छौं। यो वर्ष उपलब्धि सकारात्मक सोच प्रगति गर्न प्रेरणा सहित
हिमालको चिसो हावाले बल प्रदान गरून्, पहाडका हरियालीले सजीवता ल्याओस्, र तराईका फाँटहरूले प्रचुर उत्पादन गरेर सबैलाई खुशी बनाओस् , सार्थक प्रेरणा हरेक नेपालीको मनमा जागृत होस्।
सन् २०२५ का सबै दिन सुखद सन्देशको प्रतिक र शान्तिपूर्ण बनून्।
हर दिन तपाईँका लागि अदम्य प्रेरणा, साहस, र उपलब्धिमूलक होस्। सम्पूर्ण नेपालीहरूमा सन् २०२५ को हार्दिक शुभकामना!