• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार साहित्य

कञ्चनरूपमा एमाले संगठन संयन्त्रलाई बलियो पार्न सक्रिय भएको: नेता प्याकुरेल।

img

नेपाल कम्युनिस्ट पार्टी( एमाले) कञ्चनरूप नगरपालिकाको नगर स्तरिय जिल्ला कमिटीका सदस्यहरूलाई वडामा समन्वयका लागि खटाएकाे पार्टीका पाेलिटब्युराे सदस्य तथा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले जानकारी दिए। जिल्ला संयन्त्रकाे निर्णय अनुसार अब संगठनलाई बलियो बनाउन जिल्लाका जिम्मेवारहरूलाई वडा स्तरिय संयन्त्रमा रहि काम गर्नुपर्ने नेता प्याकुरेलले भने वडा स्तरिय संयन्त्रमा वडा इन्चार्ज, जिल्ला कमिटीका सदस्यहरू, पालिका कमिटीका सदस्यहरू र वडा पदाधिकारी एकसाथ रहि काम गर्नुपर्ने हुन्छ बताउनुभयो। जसमा जिल्ला सदस्यहरूले समन्वयकाे भुमिका निर्वाह गर्नेछन् ।

नेकपा (एमाले )को प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज असरा चौधरीको अध्यक्षता एवं नेता प्याकुरेलकाे विशेष आतिथ्यमा सप्तरीको कञ्चनरूप नगरपालिका स्थित नेकपा एमालेको नगर कमिटीको कार्यालयमा बसेकाे नगर संयन्त्रकाे बैठकले कञ्चनरूपका १२ वटै वडामा जिल्ला सदस्यहरू ताेकेका छन्।

 

नगरको वडा नम्वर १ शिव नारायण साह, २ इक्राइल सेख, ३ आनन्द कुमार चौधरी, ४ लक्ष्मी मण्डल, ५ देब नारायण श्रेष्ठ, ६ केदार प्रसाद खतिवडा, ७ सबिता न्याैपाने, ८ राज कुमार साह, ९ सरस्वती निराैला, १० अरूण कुमार यादव, ११ ललित कुमार गाेजेवार र १२ मा पेशल जाेशीलाई निर्णय गरी कार्यभारको जिम्मा दिएको जनाइएकाे छ ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी