भूपदेव माली
पौष २० गते, सप्तरी।
रोयल सेकेन्डरी स्कुलका कक्षा ११ र १२ का विद्यार्थीहरूले शैक्षिक भ्रमण (अवलोकन) गरेका छन्।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा, भारदह स्थित रहेको रोयल सेकेन्डरी स्कुलको आयोजनामा शनिबार बिहानै निस्केका विद्यार्थीहरूले सुनसरी र मोरङ जिल्लाको बिपिन स्थानहरू अवलोकन गरी बेलबारीस्थित बेतना सिमसारमा पिकनिक सम्पन्न गरेका हुन् ।
विद्यालयले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप प्रस्फुटन एवं मानसिक विकास को उद्देश्यले विभिन्न स्थान, विभिन्न जीवजन्तुहरू र विभिन्न जात जातिको पहिरन, रहनसहन अध्ययन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको शैक्षिक भ्रमण यस वर्ष पनि पहिलो पल्ट कक्षा ४ देखि कक्षा १० सम्मका बालबालिकाहरुलाई भ्रमण सकाएपछि दोस्रो पल्ट कक्षा ११ र १२ का छात्र – छात्राहरुलाई कोशी प्रदेशको विभिन्न स्थानहरु अवलोकन गर्ने कार्य सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल देवनाथ यादवको नेतृत्वमा विद्यालयका अध्यापकहरू तथा ४८ जना विद्यार्थीहरू सहभागी भएको भ्रमण टोली सुनसरी र मोरङका विभिन्न स्थानहरू अवलोकन गर्दै बेतना सिमसारमा राखिएको विभिन्न जीवजन्तुहरुलाई अवलोकन गराउँदै पिकनिक स्पोटमा पिकनिक मनाएपछि फर्केका छन्।
कहिल्यै घरबाट बाहिर हिडडुल गर्न नसक्ने, घुम्न जान नसक्ने आज यस भ्रमणमा आउँदा धेरै ठाउँको दृश्यहरू हेर्न पाए धेरै कुराहरूको अनुभव पनि भयो र धेरै रमाइलो भएको सहभागी विद्यार्थीहरूले बताए।