न्युज 1नेपाल संवाददाता
पौष २१ गते ,काठमाडौं ,
बागमती प्रदेश काठमाडौं उपत्यका अन्तर्गतका नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएन कमिटी पुनर्गठन नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार एक कार्यक्रम बीच काठमाडौँ र बागमती दुवै कमिटीमा ९ – ९ सदस्यीय कार्यसमिति गठन एवं नयाँ नेतृत्व चयन गरिएको हो ।
बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन् । उपाध्यक्षमा रविन्द्र महर्जन र सूरज बस्नेत चुनिएका छन् । सचिवमा नवीना गुरुङ , कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा , अनूप सुवेदी , चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन् ।
काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी निर्वाचित भएका छन् भने उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा चयन भएका छन् । सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा बस्याल , विजय प्रसाद वस्याल, रंजीत पुतुवार र गंगा थापा मगर चयन भएका छन्।
ललितपुरको ज्वागल स्थित पार्टी प्यालेसमा सम्पन्न भएको पुनर्गठन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक लामा तामाङ विभिन्न खेलकुद संघका पदाधिकारीहरु क्लाइम्बिङ स्पोर्ट्सका सदस्यहरूको उपस्थिति रहेको थियो।