• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कुमारी किशोरीलाई गर्भवती पारेर युवा फरार, किशोरी बिचल्लीमा

img

न्यूज 1 नेपाल संवाददाता

पौष २२ गते, सप्तरी।
कुमारी अवस्थामा शारीरिक सम्बन्ध बनाएकी एक किशोरी गर्भवती भएपछि बिचल्लीमा परेकी छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी १५ वर्षिया एक किशोरीले छिमेकी एक युवासँग प्रेममा परेकी हुँदा कुमारी अवस्थामै गर्भवती भएको भएपछि प्रेमी युवा फरार भएकोले बिचलीमा परेकी हुन्।
सप्तरीको छिनमस्ता गाउँपालिका वडा नं ७ बस्ने सन्तोषी कुमारी मण्डल गर्भवती भएपछि प्रेमीलाई विवाह गर्न भनेपछि युवा फरार भएका कारण सोमबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरि सन्तोषी सहित उनका आमा बुबाले न्यायका लागि अपिल गरेका छन ।
विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक-पटक शारिरीक सम्बन्ध कायम गरी गर्भवती बनाएर फरार भएपछी उनी न्याय खोज्दै बुवा आमासहित सदरमुकाम राजविराज आईपुगेर सम्मेलनमा आफ्नो दुखेसो पोखिन्।
एक वर्ष पुरानो घटनाको जिल्लामा कतै कुनै सुनवाई नभएपछि न्याय खोज्दै राजविराज आईपुगेका मण्डल परिवारले गर्भ नफालेकी संतोषीलाई अब बच्चालाई हुर्काउन समस्या भएको बताए । स्थानीय प्रमोदले आफुलाई गर्भवती बनाएर फरार भएको बताउँदै सन्तोषीले शुरुमा विहे गर्छु भन्दै शारिरीक सम्बन्ध बनाएको तर पछि गएर गर्भ वसेपछि प्रमोद अचानक सम्पर्क विहीन भएको बताइन् ।
गाउँमा सो घटना सार्वजनिक भएपछी समाजका भरभलाद्मी दवाव बनाएर फरार केटाका आमा बुआलाई घरमा राख्न लगाएको तर केही दिन नवित्दै छोरीलाई घर निकाला गरिदिएको सम्मेलनमा पीडितकी आमा शियावतीले बताईन् । सम्मेलनमा पीडितकी बुवा जगतले ‘सूरुमा प्रमोदलाई बाहिर पठाई लुकाइएको र त्यसपछी उनका परिवारले छोरीलाई ३/४ लाख रुपैया दिने प्रलोभन दिदै गर्भ फाल्न दवाब दिने प्रयास समेत गरेको’ भन्दै
‘छोरीले विवाह गर्ने बाचा गरेका कारण गर्भ नफाल्ने र प्रमोद संगै विहे गर्ने अडान राखेका कारण घर निकालामा परेको’ दुखेसो पोखे।
गरिब परिवारकी संतोषी प्रमोद कै घरमा भाडावर्तन माझने (नोकरानी) को काम गर्थिन । सोही वेला प्रमोदले विहेको प्रलोभन देखाई पटक पटक शारिरीक सम्बन्ध कायम गरेको संतोषीले सुनाईन ।
प्रेमको नाममा धोखा दिने प्रमोद माथी उनी छिन्नमस्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा २०८० माघ ३ गते जाहेरी समेत दिइसकेकी छन्। तर प्रहरीले अहिले सम्म प्रमोदलाई पक्राउ गर्न सकेको छैन ।
पीडित सन्तोषी तथा उनका आमा बुवाले प्रमोदलाइ पक्राउ गरेर कारवाही गर्नु भन्दा पनि एक संतान जन्मेकाले उनी संगै सुरक्षित साथ श्रीमान श्रीमतीको रुपमा वस्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा संतोषीकी बृद्ध आमा बुवाले छोरीले न्याय न पाए पुरै परिवार आत्मदाह गर्न बाध्य हुने बताउंछन् । स्थानीय प्रमोदले आफुलाई गर्भवती बनाएर फरार भएको बताउँदै सन्तोषीले शुरुमा विहे गर्छु भन्दै शारिरीक सम्बन्ध बनाएको तर पछि गएर गर्भ वसेपछि प्रमोद अचानक सम्पर्क विहीन भएको बताइन् ।
गाउँमा सो घटना सार्वजनिक भएपछी समाजका भरभलाद्मी दवाव बनाएर फरार केटाका आमा बुआलाई घरमा राख्न लगाएको तर केही दिन नवित्दै छोरीलाई घर निकाला गरिदिएको सम्मेलनमा पीडितकी आमा शियावतीले बताईन् । सम्मेलनमा पीडितकी बुवा जगतले ‘सूरुमा प्रमोदलाई बाहिर पठाई लुकाइएको र त्यसपछी उनका परिवारले छोरीलाई ३/४ लाख रुपैया दिने प्रलोभन दिदै गर्भ फाल्न दवाब दिने प्रयास समेत गरेको’ भन्दै
‘छोरीले विवाह गर्ने बाचा गरेका कारण गर्भ नफाल्ने र प्रमोद संगै विहे गर्ने अडान राखेका कारण घर निकालामा परेको’ दुखेसो पोखे।
गरिब परिवारकी संतोषी प्रमोद कै घरमा भाडावर्तन माझने (नोकरानी) को काम गर्थिन । सोही वेला प्रमोदले विहेको प्रलोभन देखाई पटक पटक शारिरीक सम्बन्ध कायम गरेको संतोषीले सुनाईन ।
प्रेमको नाममा धोखा दिने प्रमोद माथी उनी छिन्नमस्ता प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा २०८० माघ ३ गते जाहेरी समेत दिइसकेकी छन्। तर प्रहरीले अहिले सम्म प्रमोदलाई पक्राउ गर्न सकेको छैन ।
पीडित सन्तोषी तथा उनका आमा बुवाले प्रमोदलाइ पक्राउ गरेर कारवाही गर्नु भन्दा पनि एक संतान जन्मेकाले उनी संगै सुरक्षित साथ श्रीमान श्रीमतीको रुपमा वस्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा संतोषीकी बृद्ध आमा बुवाले छोरीले न्याय न पाए पुरै परिवार आत्मदाह गर्न बाध्य हुने बताउंछन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी