• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय राष्ट्रीय समाचार

चीनको तिब्बत केन्द्रविन्दु भएको भूकम्प मधेस सम्म

img

न्युज 1नेपाल संवाददाता
पौष २३ गते,सप्तरी।
छिमेकी राष्ट्र चीनको तिब्बत केन्द्र विन्दु भएको भूकम्पको झट्का मधेसमा पनि महसुस गरिएको छ।
मङ्गलबार बिहान ६:५० बजेको समयमा सप्तरी, सुनसरी आदि क्षेत्रमा भूकम्पको समान्य झट्का महसुस गरिएको हो।
नेपालको सिमाना सँगै जोडिएको चिनको तिब्बत स्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएको भूकम्प ७ रेक्टर स्केल म्याग्निच्युड धक्का मध्ये मधेशमा ५ .३ म्याग्निच्युड भूकम्प गएको जनाएको छ ।
नेपालको सखुवा सभा, भोजपुर तेह्रथुम, ओखलढुङ्गा, सोलुखुम्बु आदि जिल्लाहरूमा कडा झट्का देखिए पनि कुनै प्रकारको मानवीय क्षति तथा धनजनको क्षति नभएको र सो भूकम्प मधेश आउँदासम्म सामान्य झट्का मात्र महसुस गरिएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँले जनाएको छ।
भूकम्पको महसुस भएको क्षेत्र नेपालका कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा गरियो। बागमती प्रदेशका काठमाडौँ उपत्यका र उत्तरतर्फका तिब्बतसँग सिमाना जोडिएका जिल्लाहरूमा कडा धक्का /कम्प महसुस गरिएको थियो।
भूकम्पको केन्द्रबिन्दुबाट मधेससम्म एपीसेक्टरको औसत दूरी ९० किलोमिटर रहेको छ।चीनको तिब्बतमा गएको भूकम्पमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको भूकम्पमा परी घाइते हुनेको संख्या १३० नाघेको छ ।
नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको र सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ । सीसीटीभीका अनुसार भूकम्पको केन्द्रबिन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै केन्द्रबिन्दुको २० किलोमिटर आसपासमा भने २ वटा सहर रहेका छन् । भूकम्पका कारण भवनहरू भत्किएको भिडियो र तस्बिरहरूसमेत सार्वजनिक भएका छन् । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धार टोली खटिइसकेका छन् ।

भूकम्पको बिजोग स्मरण गर्दा नेपालमा २०७२ साल वैशाख १२ गते ७.६ म्याग्निच्युडको गोरखा भूकम्पमा परि करिब ९ हजार मानिसको मृत्यु भएको थियो।

यूएस जियोलोजिकल सर्वेले भने उक्त भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको समाचारहरू आएका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी